च्याम्पियन्स लिग फाइनल : च्याम्पियन भर्सेस च्याम्पियन-Sutra News

च्याम्पियन्स लिग फाइनल : च्याम्पियन भर्सेस च्याम्पियन

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं–बहु चर्चित एवम् बहु प्रतिक्षित फुटबल प्रतियोगिताको फाइनल खेल त्यो पनि दर्शक बिना कस्तो हुन्छ होला ? तपाईंलाई थाहा छैन भने आइतबार राती १२ : ४५ बजेबाट पोर्चुगलको लिस्बोन सहरस्थित स्टाडियो डा. लुज रंगाशालामा फाइनल खेल हुँदै छ, हेर्नुस है त।



खेल फ्रान्सेली लिग वान विजेता पेरिस सेन्ट जर्मेन र जर्मन बुन्डेसलिगा विजेता बार्यन म्युनिखबीच हुँदैछ। त्यसैले फुटबल पन्डितहरुले यस खेललाई च्याम्पियन भर्सेस च्याम्पियनको महाभिडन्त भनि संज्ञा दिएका छन्।

फ्रान्सेली च्याम्पियन पीएसजीले स्थापना कालदेखि हालसम्म च्याम्पियन्स लिगको फाइनल खेलेको छैन् भने जर्मन च्याम्पियन बार्यन म्युनिख ५ पटकको च्याम्पियन्स लिग विजेता हो। बार्यनले सन २०१३ मा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्डलाइ हराएर च्याम्पियन्स लिग जितेको थियो।

बार्यनले यो उपाधी नजितेको ७ वर्ष भइसकेको छ भने उता पीएसजीले आफ्नो जीवनकाल भरी यो उपाधि कहिल्यै नजितेकोले दुबै टोलिमा उपाधिको भोक कति छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ। त्यसैले यो फाइनल खेल धमाकेदार हुनेवाला छ। हुन त सबै खेलको फाइनल विशेष नै हुने गर्दछ।

फ्रान्सेली च्याम्पियनले लामो समयदेखी च्याम्पियन्स लिगलाइ नै लक्षित गर्दै टिमको निर्माण तथा खेलाडी किनबेच गरिरहेको छ। अन्तर्राष्ट्रिय सरुवा बजारको तथ्यांकअनुसार सन् २०११/१२ को सिजनदेखी अहिले सम्म उसले १.१७ बिलियन युरो खर्च गरेको छ। यो रकम कुनै पनि टिमले खेलाडी किन्दा गरेको खर्च भन्दा धेरै हो।

Sport1.PNGत्यसैले पनि उस्को च्याम्पियन्स लिग प्रतिको भोक कति छ भन्ने प्रष्ट हुन्छ। यता बार्यनमा भने अवस्था अर्कै छ।अहिले च्याम्पियन्स लिग खेलाइरहेको टोलिको पहिलो रोजाइमा परेका ११ जना मध्य ५ जना खेलाडी आफ्नै एकेडेमिको उत्पादन र फ्री ट्रान्सफरका खेलाडी छन् भने बाँकी खेलाडिमा जम्मा ९५ मिलियन युरो लगानी गरेको थियो।

यो रकम पीएसजीले सन् २०१७ मा बार्सिलोनाबाट मात्रै नेयमार किन्दा गरेको खर्च भन्दा १२७ मिलियन कम हो। पीएसजीले नेयमारलाई फुटबल इतिहासकै सबै भन्दा महंगो खेलाडी बनाएर २२२ मिलियन युरोमा किनेको थियो भने त्यसै वर्ष इतिहासकै दोस्रो महंगो खेलाडी बनाएर फ्रान्सेली टिम मोनाकोबाट १३५ मिलियन युरोमा किलियन एमबाप्पेलाइ किनेको थियो।

त्यसबाहेको पनि पि एस जिले अन्य धेरै खेलाडिमा लगानी गरेको थियो। यता बार्यन भने यस मामलामा पीएसजीले भन्दा धेरै पछाडि रहेको छ। उसले आफ्नै एकेडेमिका खेलाडिहरुलाइ विश्वास गरेर अघि बढिरहेको छ।

खेल र नतिजा तथ्यांकलाइ तुलना गर्ने हो भने च्याम्पियन्स लिगमा यो सिजन बार्यन म्युनिख कुनै पनि टोलि भन्दा सानदार लयमा रहेको छ। उसले फाइनलसम्मको यात्रा तय गर्दा सतप्रतिशत जित निकालेको छ भने पि एस जिले हारजितको उत्तारचढाव सहित फाइनल यात्रा तय गरेको छ।

बार्यनले च्याम्पियन्स लिगमा प्रती खेल ४.२ को औशतमा गोल गरेको छ। यो तथ्यांक पि एस जि को भन्दा धेरै राम्रो हो । यस सिजन तुफानी वेगमा रहेको बार्यनलाइ कुनै पनि टोलिले रोक्न सकेनन।

फ्री ट्रान्सफरबाट सन् २०१४ मा बार्यन आएका फर्वार्ड लेवान्डोस्की कुल ३५७ मिलियन युरोका नेयमार र एमबाप्पे भन्दा निकै खतरनाक देखिएका छन्। यस सिजन सम्पुर्ण प्रतियोगितामा नेयमार र एमबाप्पेको जोडिले कुल ४९ गोल गरेका छन भने लेवान्डोस्की एक्लैले ५५ गोल गरेका छन। च्याम्पियन्स लिगकै तथ्यांक हेर्ने हो भने लेवान्डोस्की नेयमार र एमबाप्पे भन्दा दोब्बरले अघि छन। यश सिजन लेवान्डोस्किले कुल १५ गोल गरेका छन् भने नेयमार र एमबाप्पेले केबल ८ गोल गरेका छन्।

Game.PNG तर नेयमार एम्बाप्पे जस्ता युवा खेलाडिले भरिभराउ पीएसजी अनुभवी अर्जेन्टिनि खेलाडी एन्जल डिमारिया सहितको आक्रमण पक्तिले बार्यनको रक्षापक्तिले ध्वस्त बनाउने डर उत्तिकै छ।

अर्कातिर तुफानी बेगमा रहेका लेवान्डोस्की,जर्मन भेट्रान खेलाडी थोमस मुलर , क्रोयशियन खेलाडी पेरिसिच अनि बार्सिलोनाबाट लोनमा खेलिरहेका फिलिप कौटिन्होलाई रोक्न पीएसजीलाई  पनि उत्तिकै हम्मे–हम्मे पर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट