म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो-Sutra News

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

एजेन्सी–म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। फ्रान्सेली क्लब लियोनसँग पराजित भएसँगै सिटीको च्याम्पियन्स लिगको यात्रामा पूर्णविराम लागेको हो। शनिबार राति लिस्बनमा भएको खेलमा लियोन ३–१ गोलअन्तर्गतले विजयी भयो।



खेलको २६औं मिनेटमा लियोनले अग्रता लिएको थियो। म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो।सिटीका लागि ६९औं मिनेटमा डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए तर,त्यसको २ मिनेटपछि ७९औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए।

मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे। लगत्तै डेम्बेलेले नै ८७औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो तथाटिमका निर्णायक गोल गर्दै लियोनको अन्तिम चारको यात्रा सुनिश्चित गरे। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट