प्रतिपक्षीलाई वेवास्था गर्दै निर्णय गराएर संसद बैठक स्थगित-Sutra News

प्रतिपक्षीलाई वेवास्था गर्दै निर्णय गराएर संसद बैठक स्थगित

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडाैं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरिरहँदा सभामुख घिमिरे भने कार्यसूचीमा प्रवेश गरेका थिए ।

प्रतिपक्षीको घेराउकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धन्यवाद प्रस्ताव टेबल गरेका थिए ।

गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर, उक्त दिन प्रमुख प्रतिपक्षीको अवरोधपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेस हुन सकेको थिएन।

प्रधानमन्त्रीको धन्यवाद प्रस्तावसँगै मंगलबारको संसद बैठकबाट गृहमन्त्री रवि लामिछानेले राखेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि स्वीकृत भएको छ । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका छन्।

गत जेठ ३ गते मन्त्रिपरिषद बैठकले उक्त विधेयकलाई फिर्ता लिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट