लेस्टर सिटी पराजित, युनाइटेडको शानदार जित-Sutra News

लेस्टर सिटी पराजित, युनाइटेडको शानदार जित

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ । लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडले ४-१ को शानदार जित दर्ता गरेको हो ।



४० औँ मिनेटमा आयोजे पेरेज सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा एक गोल खाएको लेस्टर सिटीले दोस्रो हाफमा तीन गोल खायो भने एक गोल फर्कायो ।

वेष्ट ह्यामका लागि फोर्नाल्सले २६ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए । यस्तै ५६ औँ मिनेटमा बेन्राह्म तथा एन्टोनिओले ८० र ८४ औँ मिनेटमा गोल गरे ।

लेस्टर सिटीका लागि ६९ औँ मिनेटमा तिएलेमान्सले एक गोल फर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट