आर्सनलका डिफेन्डर बेन ह्वाइटलाई कोरोना संक्रमण पुष्टि-Sutra News

आर्सनलका डिफेन्डर बेन ह्वाइटलाई कोरोना संक्रमण पुष्टि

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- इंग्लिस क्लब आर्सनलका डिफेन्डर बेन ह्वाइटलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना देखिएपछि डिफेन्डर बेन सेल्फ होम आइसोलेसनमा बसेका छन् ।



इंग्लिस डिफेन्डर बेनले कोरोना संक्रमणकै कारण चेल्सीविरुद्धको खेल गुमाएका थिए । आइतबार राति भएको खेलमा आर्सनल चेल्सीसँग २-० ले पराजित भएको थियो ।

आर्सनलले बेनलाई हालै प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनबाट अनुबन्ध गरेको हो । सेन्टर ब्याक बेनले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट