चेल्सीले दियो लुकाकुलाई ९ नम्बरको जर्सी-Sutra News

चेल्सीले दियो लुकाकुलाई ९ नम्बरको जर्सी

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले ९ नम्बरको जर्सी लगाउने भएका छन् । गत साता मात्र कीर्तिमान मूल्यमा चेल्सी आएका उनले ९ नम्बर जर्सी लगाउने भएका हुन् । चेल्सीका टमी अब्राहम रोमा गएपछि चेल्सीले लुकाकुलाई ९ नम्बरक नम्बरको जर्सी दिएको हो ।



चेल्सीले लुकाकुलाई क्लबको कीर्तिमानी मूलय ९७.५ मिलियन युरोमा इन्टर मिलानबाट अनुबन्धन गरेको हो । सन् २०१४मा २८ मिलियन युरोमा बेचेका खेलाडी लुकाकुलाई स्टामफोर्ड ब्रिज फर्काउन चेल्सीले ९७.५ मिलियन युरो खर्चियो ।

इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन् । योसँगै लुकाकु इपिएलको दोस्रो महंगा खेलाडी बनेका छन् । इपिएलका सबैभन्दा महंगा खेलाडी म्यान्चेस्टर सिटीका ज्याक ग्रेलिस हुन् । उनी अघिल्लो साता मात्र एस्टन भिल्लाबाट १ सय मिलियन युरोमा सिटीका आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट