बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि-Sutra News

बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।



वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

मंगलबार राति भएको फाइनलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । खेलको ४१ औं मिनेटमा लेन्वान्डोस्कीको गोलमा बायर्नले अग्रता बनाएको थियो ।

दोस्रो हाफमा थोमस मुलरले बायर्नको अग्रता दोब्बर बनाए । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए ।

डर्टमण्डका लागि मार्को रेउसले ६४ औं मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त बनेन ।

खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए । जर्मन सुपर कप जर्मन लिग बुन्डेसलिगा र डिफपी पोकलको विजेताबीच हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट