कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ७३६८ जना संक्रमित-Sutra News

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ७३६८ जना संक्रमित

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट