महानायककाे कमब्याकः साइन गरे नयाँ फिल्म-Sutra News

महानायककाे कमब्याकः साइन गरे नयाँ फिल्म

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- महानायक राजेश हमालले नयाँ फिल्ममा साइन गरेका छन् । उनले ‘सत्यम’ नामकाे फिल्ममा साइन गरेका हुन् । यस फिल्मका लागि उनले ८ महिनादेखि छलफल गरेका थिए । उनले यसै साता फिल्म साइन गरेका हुन् ।



करिब ४ वर्षपछि हमाल फेरि ठूलो पर्दामा कमब्याक गर्ने तयारीमा जुटेका छन् । ‘सत्यम’ मा उनी मुख्य भूमिकामा देखिने छन् । हमालसँगै अर्का अभिनेता अनुपविक्रम शाहीको पनि मुख्य भूमिका नै रहने बताइएकाे छ ।

140834271_432820091241300_4341467624824772390_n.jpg

स्रोतका अनुसार अनुप नेगेटिभ क्यारेक्टरमा देखिने छन् । यसअघि हमाल र अनुप ‘सौर्य’ फिल्ममा एकसाथ देखिएका थिए । शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’ ले समाजभित्रको एक नायकको कथा बोल्नेछ । त्यसकाे भूमिका महानायक हमालले निभाउनेछन् ।

फिल्मको नायिका र अन्य कलकारका बारेमा भने गोप्य नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट