स्वस्थ रहन महानायक राजेश हमालले दिए यस्ता सुझाव-Sutra News

स्वस्थ रहन महानायक राजेश हमालले दिए यस्ता सुझाव

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं- कोरोनाको दोस्रो लहरसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सीमित भएको छ । धेरै समय घरमै रहँदा मानिसमा मानसिक लगायत विभिन्न समस्या देखिने गरेको छ ।



स्वास्थ्यकर्मीले यस्तो बेलामा स्वस्थ रहन बेला-बेलामा विभिन्न टिप्स दिने गर्दछन् । महानायक स्वास्थ्यकर्मी नभए उनले केही स्वास्थ्य टिप्स दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत् ट्पिस दिएका छन् ।

भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् ।

समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत बताएका हमालले स्वस्थ रहनका लागि एक्सरसाइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न समेत सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट