रत्नपार्क-कीर्तिपुर चल्ने बस दुर्घटना, एक जनाको मृत्यु-Sutra News

रत्नपार्क-कीर्तिपुर चल्ने बस दुर्घटना, एक जनाको मृत्यु

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । जिल्लाको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा ३ ख २०२७ नंम्बरको यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको हो ।



घटनामा एक जनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय जनाएको छ । बस दुर्घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट