सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत-Sutra News

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

कास्की- सहारा क्लब पोखराले स्थापना गरेको ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार-२०७६’बाट पत्रकार इन्द्रप्रसाद पौडेल पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव तथा कान्तिपुर टेलिभिजनमा आबद्ध पौडेललाई पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान गरेकामा क्लबको २२औं वार्षिकोत्सवका अवसरमा आज सो पुररस्कार प्रदान गरिएको हो।



गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नगद रु २० हजार ५०० सहित, ताम्रपत्र तथा दोसल्ला ओढाइ उनलाई सम्मान गरेका थिए। यसअघि सो पुरस्कारबाट पोखराका १४ जना पत्रकार पुरस्कृत भइसकेका छन्।

कार्यक्रममा मन्त्री गुरुङले सहारा क्लब खेलकूदको पर्याय रहेको बताए। क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए। सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले रु १० हजार सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट