ट्रिन्बागो नाइट राइडर्सलाई सीपीएलको उपाधि-Sutra News

ट्रिन्बागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

एजेन्सी– आठौं संस्करणको क्यारेवियन प्रिमियर लिग (सीपीएल) उपाधि ट्रिन्बागो नाइट राइडर्सले हात पारेको छ। प्रतियोगिताका सबै खेलमा जित हात पार्दै ट्रिन्बागोले उपाधि जितेको हो। गएराति भएको फाइलनमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्समाथि ८ विकेटको सहज जित हात पार्‍यो।



ब्रेन लारा स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जुक्सले १९।१ ओभर गर्दै सबै विकेट गुमाएर १५४ रनको सामान्य योगफल तयार पारेको थियो। १५५ रनको लक्ष्य ट्रिन्बागोले १८.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो। नाइट राइडर्सका लागि लिन्डल सिमोन्सले ८४ र र डारेन ब्राभोले ५८ रन बनाए।

४९ बलको सामना गरेका सिमोन्सले ८ चौका तथा ४ छक्काको मदतमा ८४ रन प्रहार गर्दा ४७ बलको सामना गरेका ब्राभोले २ चौका तथा ६ छक्काको मदतमा ५८ रन प्रहार गरे। जुक्सका लागि रोस्टन चेस तथा स्कट कुग्गेलिन्जले समान १ विकेट हात पारे।

पहिला ब्याटिङ गरेको जुक्सका लागि आन्द्रे फ्लेटचरले सर्वाधिक ३९ रनको योगदान दिँदा मार्क डियाल २९ तथा नजिबउल्लाह जाद्रनले २४ रनको योगदान दिए। नाइटराइडर्सका लागि कप्तान काइरन पोलार्डले ४, अली खान र फवाद अहमेदले सामन २ तथा अकिल होसेनले १ विकेट हात पार्दा १ विकेट रन आउटको रुपमा प्राप्त भयो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट