मेस्सीमाथि सबैभन्दा खराब योजना बनाउँदै कोमन-Sutra News

मेस्सीमाथि सबैभन्दा खराब योजना बनाउँदै कोमन

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं- बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएपछि रोनाल्ड कोमनले आफ्ना केही महत्वाकांक्षाहरुलाई सुरुकै दिन सार्वजनिक गरेका छन्।



उनले जसरी पनि च्याम्पियन्स लिगलाई क्याम्प नोउ फर्काउने तर त्यसका लागि आफ्नै ढंगले टिम निर्माण गर्ने बताएका थिए। जसअनुसार उनले टोलीका प्रमुख मिडफिल्डर इभान राकिटिचलाई बेचिसकेका छन् भने आर्टुरो भिडल र लुइस सुवारेजलाई पनि बेच्ने पक्कापक्की गरेका छन्।

उनीहरुको विकल्पमा नेदर्ल्याण्ड्सकै खेलाडीहरु मेमफिस दिपाइ र जर्जनियो वाइनलडम ल्याउने र आगामी सिजन लिभरपुलका भर्जिल भान डाइक र युभेन्टसका म्याथिस डेलिग्टलाई ल्याउने घोषणा गरिसकेका छन्। यस घोषणापछि बार्सिलोनामा सिंगो नेदर्ल्याण्ड्सको टिम उतारेर उनले सन् २०२२को कतार विश्वकप जित्ने महत्वाकांक्षा पूरा गर्न लागिपरेको आरोप आलोचकले लगाएका छन्।

उनले टिम निर्माण भएपछि सबैको भूमिका बाँडफाँड गर्ने बताए पनि आफू लियोनेल मेस्सीको भूमिकामा अहिलेनै स्पष्ट रहेको बताए। डायरियो गोलले दाबी गरेअनुसार उनले मेस्सीले आगामी सिजना सम्झौता थप्नेमा ढुक्क रहेको भन्दै मेस्सीमाथि दीर्घकालीन योजना र उनीमाथि ठूलो जिम्मेवारी थपिदिने पक्षमा छन्।

कोमनका अनुसार टिममा मेस्सीले फ्री रोमिङ भूमिकामा बल खोस्ने, बल जित्ने, मौका सिर्जना गर्ने र फिनिसिङ गर्नेसम्मको बोझ उठाउनु पर्नेछ। उनको यो योजना अनुसार मेस्सीले बार्सिलोनामा झन् बोझ बोक्नुपर्ने प्रष्ट देखिन्छ।

मेस्सीलाई उनको प्राकृतिक भूमिकामा छाड्नुपर्ने आवाज उठिरहेको बेला ३३ वर्ष पुगिसकेका उनलाई यस भूमिकाले झन् चाँडै थकित बनाउने हुँदा उनको भविष्य अनिश्चित हुनेछ,’ डायरियोले लेखेको छ।

खबरमा भनिएको छ,`मेस्सीले आफ्नो उमेरअनुसार कति वर्ष खेल्न सक्छ कसैलाई थाहा छैन। त्यसैले उनीमाथि यसरी बोझ थप्नुले फेरि टिम मेस्सीमाथि नै निर्भर हुने प्रष्ट छ, यो उचित होइन। यो बोझ पहिला पेप ग्वार्डिवला र लुइस इनरिकेको बेलामा मात्रै ठीक थियो। किनभने उनी त्यतिबेला युवा थिए।´

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट