सन्दीप सहभागी जमैका सेमिफाइनलबाटै बाहिरियो-Sutra News

सन्दीप सहभागी जमैका सेमिफाइनलबाटै बाहिरियो

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं– अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनलबाटै बाहिरिएको छ। जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ।



मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो।

सन्दीप विकेटविहीन

प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके। उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए।

तीन वाइड बल फालेका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने। प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनी पाँचौँ स्थानमा रहे।

नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए। यसअघि सन्दीपले समूह चरणका १०० खेलमा १२ विकेट लिएका थिए। उनी सीपीएलकै सबैभन्दा किफायती बलर भएका छन्।

सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिएका थिए। उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल)तर्फ मोडिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट