भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना संक्रमण-Sutra News

भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना संक्रमण

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं–भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित भएसँगै आइतबार भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको हो।



संक्रमितमध्ये अहिलेसम्म २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६ हजार ६९० जनाको उपचार भइरहेको छ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५६ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९१८ जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या ५६ हजार ८४६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट