२० अर्वको रिभर्स रिपो जारी गर्दै राष्ट्रबैंक-Sutra News

२० अर्वको रिभर्स रिपो जारी गर्दै राष्ट्रबैंक

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं– बैंकहरूमा तरलता वृद्धि हुँदै गएपछि राष्ट्रबैंकले पुनः २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले रिभर्स रिपोमार्फत् बजारबाट आज बिहीबार २० अर्ब रुपैयाँ राष्ट्रबैंकको ढुकुटीमा तान्न लागेको छ । कर्जा प्रवाह न्यून हुँदा लगानी योग्य रकम बढ्दै गएको छ ।



राष्ट्रबैंकले जारी गरेको एकसाता अवधिको यस रिभर्स रिपो साउन २९ गते परिपक्व हुनेछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था आएपछि केन्द्रीय बैंकलाई पैसा तान्न दबाब परेको हो ।

यसअघि पनि केन्द्रीय बैंकले वित्तीय संस्थाबाट पटकपटक रिर्भस रिपो जारी गरेको थियो । राष्ट्रबैंकले जारी गर्ने रिभर्स रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज बिहीबार दिनको ३ बजेसम्म अनलाइन बिडिङमार्फत् आवेदन गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीमा लगानी योग्यपुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्रबैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट