सुनचाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड-Sutra News

सुनचाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारको तुलनामा तोलामै नौ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।



महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ४१ हजार आठ सय रुपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ४१ हजार एक सय रुपैयाँ छ । सोमबारको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ । आइतबारको तुलनामा तोलामै ३० रुपैयाँले बढ्दै सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको महासंघको भनाई छ । मूल्यमा उतारचढाव भइरहँदा खरिद–बिक्री भने प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट