हकप्रद सेयर निष्कासनमा राष्ट्रबैंकले गर्यो कडाई-Sutra News

हकप्रद सेयर निष्कासनमा राष्ट्रबैंकले गर्यो कडाई

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई हकप्रद सेयर निष्कासन गर्न नदिने नीति ल्याएको छ । मौद्रिक नीतिमार्फत् हकप्रद निष्कासनमा कडाई गरेको राष्ट्र बैंकले यसअघिका प्रस्ताव समेत अस्वीकृत गरेको छ ।



यसैक्रममा राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको हकप्रद निष्कासन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

बैंकको एघारौ वार्षिक साधारणसभाले चुक्तापूँजीको चार बराबर एक अर्थात् २५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्तापूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ छ ।

साना विकास बैंकहरूलाई गाभ्दै राष्ट्रियस्तरको विकास बैंकमा बढुवा भएको बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ति गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट