काठमाडौं–नेपाल राष्ट्रबैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन प्रक्रियालाई रोकेको छ। बैंकको गत असार २५ गते सम्पन्न साधारणसभाले ३ः१ हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि राष्ट्रबैंकलाई पत्र पठाएको थियो।
राष्ट्रबैंकले तिनाउको १२ प्रतिशत बोनस सेयर भने स्वीकृत गरेको छ। बैंकको आवश्यक न्यूनतम पूँजी एक अर्व ८१ करोड पुगेकाले हकप्रद रोकिएको राष्ट्रबैंकले जानकारी दिएको छ।
पछिल्लो समय केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनलाई प्राथमिकतामा राखेको छ। यसअघि राष्ट्रबैंकले साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि हकप्रद निष्काशन प्रक्रिया अस्वीकृत गरेको थियो ।