नारायणगढ-मुग्लिन सडक खण्डमा थप आठ पुल सञ्चालन गर्ने तयारी-Sutra News

नारायणगढ-मुग्लिन सडक खण्डमा थप आठ पुल सञ्चालन गर्ने तयारी

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने भएको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् ।



नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार मंसिर महिनामा चार नयाँ पुल सञ्चालनमा आएका छन् । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने भएका छन् । उनले भने, ‘चार वटा एक महिनामा नै सञ्चालनमा आउँछ, आठ वटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ ।’

यही मंसिर महिनामा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुई वटा मात्र बन्न बाँकी हुने छ ।

यो खण्डमा पर्ने १९ पुलमध्ये चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुलसँगै निर्माण थालिएको हो । विं.सं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो ।

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजार भन्दा बढी सवारी साधन आवतजावत गर्छन ।

वर्षाको समयमा दुःख दिँदै आएको यो सडक विस्तार र पुल बनेपछि केही राहत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट