नागढुंगा नाकाबाट पनि दुई किलो सुन बरामद-Sutra News

नागढुंगा नाकाबाट पनि दुई किलो सुन बरामद

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । १४ किलो सुन बरामत भएलगत्तै नागढुंगा नाकाबाट पनि प्रहरीले दुई केजी सुन बरामद गरेको छ।



उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

उनका अनुसार दुई केजी सुन रसुवा नाकाबाट काठमाडौंतर्फ ल्याइँदै थियो ।

रसुवाबाट काठमाडौं आइरहेको ०१–०२८ च२६९६ नम्बरको स्कोर्पियोबाट उक्त सुन बरामद भएको उनले जनाए ।

प्रहरीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट