भूकम्पबाट घर भत्किएपछि त्रिपालमुनि बसेकी सुत्केरीको मृत्यु-Sutra News

भूकम्पबाट घर भत्किएपछि त्रिपालमुनि बसेकी सुत्केरीको मृत्यु

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोट जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना दिन पुग्न लागेको जनाइएको छ ।



स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’

चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ । भूकम्पमा परी तीन सय ४६ घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट