आईसीसी महिला टी ट्वान्टी- हङकङलाई नेपालले दियो १०५ रनको लक्ष्य-Sutra News

आईसीसी महिला टी ट्वान्टी- हङकङलाई नेपालले दियो १०५ रनको लक्ष्य

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

काठमाडौं आईसीसी महिला टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ ।



दुबईको आईसीसी एकेडेमी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि सिता राना मगरले ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रन बनाउँदै अविजित रहिन । इन्दु वर्माले ३७ बलमा ३ चौकासहित ३१ रन बनाएर पेभिलेल फर्किइन् । त्यस्तै ओपनर कविता कुँवर गोल्डेन डक हुँदा काजल श्रेष्ठ २३ बलमा ४ रन मात्र जोड्न सफल भइन् । कप्तान रुबिना क्षेत्रीले २ रन बनाइन् ।

हङ्कङको बलिङमा बेट्टि चान र कारे चानले समान १ विकेट लिए ।

छनोटको दोस्रो खेलमा नेपालले भोलि मंगलबार भुटान, बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्ने छ । यस्तै, छनोटको अन्तिम खेलमा आगामी आइतबार नेपालले घरेलु टोली युएईको सामना गर्नेछ ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ ।  हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट