गण्डकी मेडिकल कलेज र रोटरी क्लबको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर-Sutra News

गण्डकी मेडिकल कलेज र रोटरी क्लबको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौंं । गण्डकी मेडिकल कलेज, पाेखरा र रोटरी क्लब, नक्सालको सहयोगमा स्याङ्जाको पुतलीबजारस्थित लामापाटामा निःशुल्क शिविर सञ्चालन भएको छ । स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीय स्मृति युवा क्लव समन्वय गरेको थियो ।



शनिबार भएको शिविरमा २५३ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।

स्वास्थ्य शिविरमा आधारतभूत स्वास्थ्य परीक्षणका साथै दन्त उपचारको सेवा पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ । सहभागि सबैको ब्लड प्रेसर र सुगरको समेत परीक्षण गरिएको थियो ।

विभिन्न १२० बिरामीको दाँतको उपचार गरिएको आयोजकले जनाएको छ ।

शिविरको रोटरी क्लबका संस्थापक अध्यक्ष रोटेरियन डा. लुना शर्मा अर्यालले गरेकी थिइन् । कार्यक्रममा पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठलगायतको उपस्थिति थियो ।

आयोजकले आगामी समयमा पनि यस्ता कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट