इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो-Sutra News

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको सिजनको पहिलो खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।



युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।

२३ मिनेटभित्र २ गोलको अग्रता लिएको युभेन्ट्सले त्यसलाई जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

५१औँ मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २-१ को स्थितिमा ल्याए । ८३औँ मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउँदा युभेन्ट्स जित निकाल्न बन्चित भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट