घट्याे कोरोना ग्राफः देशभर ८२०३ जनामा संक्रमण पुष्टि, १९६ को मृत्यु-Sutra News

घट्याे कोरोना ग्राफः देशभर ८२०३ जनामा संक्रमण पुष्टि, १९६ को मृत्यु

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट