आइसीयू अभावमा वृद्धको मृत्यु-Sutra News

आइसीयू अभावमा वृद्धको मृत्यु

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ८१ वर्षीय कोरोना संक्रमित वृद्धको सोमबार निधन भएको छ ।



कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो ।

स्थानीय जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचाररत वृद्धको निधन भएको हो ।

अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठले आइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट