बुबाको मलामी नफर्कदै छोराको पनि मृत्यु-Sutra News

बुबाको मलामी नफर्कदै छोराको पनि मृत्यु

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

दाङ- कोरोना संक्रमित बुबाको मृत्युपछि अन्त्येष्टि गरेर नर्किदै छोराको पनि मृत्यु भएको छ ।



युनिभर्सल मेडिकल कलेज भैरहवामा सँगै उपचाररत बबई गाउँपालिका-४ हापुरेका टोपबहादुर बस्नेतको आइतबार र उनका छोरा ३३ वर्षीय लक्ष्मण्म बस्नेतको सोमबार बिहान मृत्यु भएको हो ।

बुबा टोपबहादुरको सोमबार बिहान अन्त्येष्टि गरिँदै गर्दा छोराको पनि मृत्यु भएको खबर आएको थियो ।

पत्रकार समेत रहेका लक्ष्मणको कोरोना रिपोर्ट नेगेभिट आएको एक सातापछि मृत्यु भएको हो ।

रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा सुधार नभएपछि उनको अस्पतालमै उपचार भइरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट