कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ९२४७ जनालाई कोरोना, २१४ को मृत्यु-Sutra News

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ९२४७ जनालाई कोरोना, २१४ को मृत्यु

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा २१४ जनाले ज्यान गुमाएका छन् । 



यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयकाअनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना निकाे भएका छन् । यससँगै निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट