कोरोना संक्रमणबाट वडाध्यक्षको निधन-Sutra News

कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

तुलसीपुर- कोरोना संक्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ ।



नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । 

यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ ।

पत्रकार महासंघ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।

रेडियो हापुरेमा कार्यरत उनले गतहप्तामात्र कोरोनालाई पराजित गरेकाे स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए । 

जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।

जिल्लाका एक संक्रमितका बाँकेमा निधन भएको छ ।

भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट