‘पल्पसा क्याफे’ उपन्यासमा आधारित नाटक बन्ने, मुख्य भूमिकामा स्वस्तिामा-Sutra News

‘पल्पसा क्याफे’ उपन्यासमा आधारित नाटक बन्ने, मुख्य भूमिकामा स्वस्तिामा

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्का चर्चित उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित रहेर बन्न लागेको नाटकमा अभिनय गर्ने भएकी छन् । नाटकमा उनकाे नाम ‘पल्पसा’ हुनेछ र भूमिका मुख्य हुनेछ । 



स्वस्तिमाले पहिलोपटक अभिनय गर्न लागेकी नाटकलाई विमल सुवेदीले निर्देशन गर्नेछन् । नाटकमा स्वस्तिमाका साथमा समापिका गौतम, साजनकुमार सुनुवार, दिपेश राई, बच्चु हिमांसु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला, कपिल राई लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

स्वस्तिमाले मंगलबार एक कार्यक्रममा बोल्दै पहिलोपटक नाटक गर्न पाउँदा आफू उत्साहित भए पनि केही डर लागेको प्रतिक्रिया दिएकी छन् । आफ्नो भूमिकाप्रति मेहनत गरिरहेको पनि उनले बताएकी छन् ।

त्यस्तै निर्देशक सुवेदीका अनुसार नाटक बनाउन उपन्यासलाई केहि परिमार्जनसमेत गरिएको छ । कोभिड महामारीको अवस्था सामान्य भएपछि नाटक मञ्चन हुनेछ ।

उपन्यास पत्रकार तथा लेखक नारायण वाग्लेले लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट