स्वस्तिमा जी, भिडियोलाई हाइहाइ फिल्मलाई बाइ !-Sutra News

स्वस्तिमा जी, भिडियोलाई हाइहाइ फिल्मलाई बाइ !

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

पटक पटक रिलिज मिति सर्दै फिल्म ‘चपली हाइट ३’ यहि शुक्रबारबाट प्रदर्शनको लागि तयार छ । प्रदर्शन पहिले यो फिल्मको रिलिज हेरफेरको हेरफेरले एक लेभल चर्चा कमायो अर्कोतिर निर्माता र कलाकारको सम्बन्धलाई लिएर बनेका गसिपले पनि चर्चा उत्तिकै बन्यो ।



निर्माता अर्जुनकुमारले कलाकारहरुलाई पारिश्रमिक नदिएको कुरा सामाजिक सञ्जालमै छताछुल्ल भयो । अभिनेता आमिर गौतमदेखि अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासम्मले निर्मातालाई घुमाउरो कटाक्ष गरे ।

निर्माता अर्जुनकुमार र स्वस्तिमाबीचको खटपटको कुरालाई यसले पनि प्रमाणित गर्यो कि रिलिजको दिन आइसक्दासम्म स्वस्तिमाले पछिल्लो क्रममा सामाजिक सञ्जालमा फिल्म ‘रिलेटेड’ कन्टेन्ट सेयर गर्न समेत कन्जुस्याइँ गरिरहेकी छिन् । यसमा मेकरको चित्त दुखाइ राम्रै देखिँदा उनले फेसबुक वालमा बल्लतल्ल ‘काउण्ट डाउन’ सेयर गरेकी छिन्, तर १२ लाख बढि फ्यान जोडिएको पेजमा त्यो पनि छैन ।

उसो त उनको फेसबुक वालदेखि इन्स्टा स्टोरीसम्म हेर्दा म्युजिक भिडियो र ब्रान्ड प्रमोशनका कन्टेन्ट बरु बर्गेल्ती भेटिन्छन् ।

पटक पटक रिलिज सरिरहँदा फिल्मको प्रचार प्रसारमा निर्मातासँगै निर्देशक निकेश खड्का एक्लैजसो दौडिरहेका छन् । पहिलो रिलिज मितिलाई साथ दिएका कलाकारहरु पछिल्लो क्रममा देखिएका छैनन् ।

त्यसो त कलाकारको कारण मात्र फिल्म चल्ने हैन् भन्ने स्टेटमेन्ट स्वस्तिमाले यसअघि नै दिइसकेकी छिन् त्यसैले पनि मैले बोल्दै लेख्दै र सामाजिक सञ्जालमा पोस्ट गर्दै हिँडेर मात्र फिल्म चल्दैन भन्ने उनको कुरा होला, अर्कोतर्फ कलाकारको पनि समय व्यस्तताको कुरा होला, रिलिज फेरेको फेरेई हुँदा सधैं समय दिन पक्कै नसक्लान्

तर आफुले मुख्य भुमिका निभाएकै फिल्मको वास्तै नगर्नु चाहिँ जिम्मेवारीपुर्ण नदेखिएला कि ? कि कसो हो स्वस्तिमा जी ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट