गुल्सन झाले पाए ‘मनसरा’को ‘सट अफ द डे’ पुरस्कार-Sutra News

गुल्सन झाले पाए ‘मनसरा’को ‘सट अफ द डे’ पुरस्कार

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।



यता प्रदर्शन मिति नजिकिएसँगै ‘मनसरा’ टिम भने प्रचार प्रसारलाई तीव्रता दिइरहेको छ । जसमा निर्माण टिम प्रचारका लागि फरक-फरक शैली अपनाइरहेको देखिन्छ ।

कवि हुँदै फिल्म लेखनपछि पहिलो फिल्म ‘जारी’ निर्देशन गरेर दर्शकको मन जितेका सुब्बाले आफ्नो दोस्रो फिल्मको प्रचार स्वरूप राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई शनिबार इटहरी पुगेर टुङ्ग्याए । दर्शक र कविता प्रेमीहरूबाट न्यानो साथ पाएको यो फिल्मले यसैबीच आफ्नो प्रचारका लागि क्रिकेट मैदानमा समेत उपस्थित जनायो ।

शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माण पक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनाउँदै दुई देशबीच हिजो भएको रोमाञ्चक भिडन्तमा क्रिकेटर गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो । यस क्रममा नेपालले दुई बल बाँकी छँदै इण्डिजमाथि जित दर्ता ग¥यो ।

उनको यो सटका लागि ‘मनसरा’ले नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गर्‍यो । उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता-सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरे ।

एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरूको नोकझोक र प्रेमलाई देखाएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।

कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको फिल्ममा मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले यो फिल्मको वितरण जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट