महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण-Sutra News

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडाैं । महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागि पिडितलाई राहत सामग्री वितरण गरेको छ । बैंकले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।



बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख पचास हजार रुपैयाँ बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरू सहयोग गरेको हो ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्ण रूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

शनिबार मटिहानी नगरपालिकाका मेयर श्री हरि प्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट