सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य बढ्यो-Sutra News

सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य बढ्यो

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएको छ । चाँदीको मूल्य भने बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेको हो । जसअनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३६ हजार ७५० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार सुन तोलामा एक लाख ३८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । योसँगै आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट