बझाङमा आठ उम्मेदवारको जमानत जफत-Sutra News

बझाङमा आठ उम्मेदवारको जमानत जफत

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । बझाङ प्रदेशसभा (क) मा सम्पन्न उपनिर्वाचनमा आठ जना उम्मेदवारले जमानत जोगाउन असफल भएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित आठ उम्मेदवारले जमानत जोगाउन असफल भएका हुन् ।



निर्वाचन आयोगका अनुसार जमानत जफत हुनेहरूमा एकीकृत समाजवादीका सिंहसहित राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर रहेका छन् ।

निर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भए । कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले जमानत जोगाउन सफल बने । निर्वाचनमा जमानत जोगाउनका लागि कूल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ ।

बझाङमा विजयी भएको एमालेका भण्डारीले ११ हजार ६१३ मत पाउँदा कांग्रेसका सिंहले ११ हजार ३४६, माओवादीका बुढाले तीन हजार ८३१, एकीकृत समाजवादीका सिंहले दुई हजार ५१४, राप्रपाका खड्काले २४२, जसपाका जाग्रीले ४४, राष्ट्रिय मातृभूमि पार्टीका थापाले ३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खड्काले २८, जनमत पार्टीकी विष्टले २६, नेमकिपाका शाहीले २४ र नेशनल रिपब्लिक नेपालका मगरले दुई मत मात्रै पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट