अण्डर १९ भलिबल : नेपाली टोली विजयी हुँदै फाइनल प्रवेश-Sutra News

अण्डर १९ भलिबल : नेपाली टोली विजयी हुँदै फाइनल प्रवेश

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । बंगलादेशमा भइरहेको अण्डर १९ भलिबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा नेपाली टोली विजयी भएको छ । नेपालले बंगलादेशको (बी) टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।



नेपाली टोलीले २५-१६, २५-२१ र २५-२१ सेटको जितसँगै फाइनल प्रवेश गरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगितामा नेपाली टोलीको यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

नेपाली टोलीमा खेलाडीतर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशी पुलामी मगर र भुवन तामाङ छन् ।

त्यसैगरी टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट