सत्य-स्वरूपको स्वरमा कवाली शैलीको रोमान्टिक गीत सार्वजनिक (भिडियो)-Sutra News

सत्य-स्वरूपको स्वरमा कवाली शैलीको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

बिहिबार, ११ मंसिर २०७७

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं- कवाली शैलीको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाब’ ले घाइते दिलमा आरा चलाइस्यो बोलको कवाली फ्लेवरको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।



राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्द गीतमा प्रयोग गरिएको छ । चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ ।

बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रूपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।

भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । झकिझकाउ प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाएको छ ।

गीतमा शब्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट