मानहुँमा छायांकन गरिएको ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)-Sutra News

मानहुँमा छायांकन गरिएको ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)

सोमबार, १ मंसिर २०७७

सोमबार, १ मंसिर २०७७

काठमाडौं- यतिबेला दमौलीको मानहुँ आन्तरिक पर्यटनका दृष्टिले परिचित छ । सो स्थानमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘आर्या’ को गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् (१ मंसिर) आज सार्वजनिक गरिएको छ ।



तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण गरिएको चलचित्र ‘आर्या’ मुलुकमा लकडाउनका कारण प्रदर्शन हुन सकेको थिएन । प्रसिद्ध गायिका मेलिना राईको स्वर रहेको यस गीतमा प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन, संगीतकार राम सिटौलाको संगीत, गीतकार लक्ष्मण सिटौलाको शब्द रहेको छ भने यस चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन् ।

नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झन्डाको व्यापक प्रयोग गरि छायांकन गरिएको छ । गीतमा तनहुँको मानहुँको मनोरम दृश्य दृश्यांकन गरिएको छ । गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट