एकसाथ गीत, पुस्तक र लघु चलचित्र सार्वजनिक-Sutra News

एकसाथ गीत, पुस्तक र लघु चलचित्र सार्वजनिक

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं- नव वर्ष नेपाल संवत् ११४१ को अवसरमा एउटै मञ्चबाट जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतको म्युजिक भिडियो, फिल्मकर्मी राकेश महर्जनको ‘फिल्म सिद्धान्तया खँ’ पुस्तक र महर्जनकै नयाँ लघु चलचित्र ‘कलरफुल अम्ब्रेला’ सार्वजनिक गरिएको छ ।



नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यतामा सो गीत, पुस्तक र चलचित्र सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई नेवाः युट्युबले आफ्नो फेसबुक पृष्ठमा प्रत्यक्ष प्रशारण गरेको थियो । समारोह समितिको आह्वानमा भएको उक्त कार्यक्रममा मुख्य अतिथि महर्जनले नेपाल संवत् राष्ट्रिय संवत्, पहिचानको संवत्, राष्ट्रिय गौरवको संवत् तथा सांंस्कृतिक संवत् भएको बताए ।

विमोचित पुस्तकबारे बोल्दै महर्जनले भने, ‘आफूले सिकेको फिल्मको सिद्धान्तलाई लिएर लेखकले लेख्नुभएको पुस्तक उदाहरणीय छ ।’

शुभकामना गीतको विषयमा न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का सचिवालय सदस्य उमेश स्थापितले जानकारी दिएका थिए ।

नेवाः युट्युबका प्रमुख सुजीव बज्राचार्यले नववर्ष उत्सव मात्र नभएर निरन्तर आन्दोलन पनि भएको बताउँँदै नव वर्षलाई उत्सवका रुपमा आ–आफ्नो स्थानबाट मनाउन आह्वान गरेका थिए ।

पुस्तक नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । शुभकामना गीतमा पवित्र कसाःको स्वर तथा संगीत रहेको छ भने जीवित जल्मीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन योवन शाक्यले गरेका हुन् ।

राकेश महर्जनद्वारा निर्देशित लघु चलचित्र ‘कलरफुल अम्ब्रेला’ मा विकेश मानन्धर, सम्यक मानन्धर र प्रमिला रंंजितको अभिनय रहेको छ । फिल्मको छायाङ्कन तथा सम्पादन सागर गहतराजले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट