जब होर्डिङ बोर्डको तस्बिरमा देखिन चाहने सपना पुरा भयो…-Sutra News

जब होर्डिङ बोर्डको तस्बिरमा देखिन चाहने सपना पुरा भयो…

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं– एक समय थियो जतिबेला गायक प्रकाश सपुत यात्राका क्रममा सडक वरपर झुन्डिएका ठूल्ठूला होर्डिङ बोर्ड देख्दा तस्बिरमा आफूलाई कल्पन्थे । मनमनै सपना देख्थे– ‘आहा, यो होर्डिङ बोर्डमा मेरो तस्बिर भइदिए !’



कलाकारितासँगै विज्ञापन उनको सपना थियो । र, औपचारिक रुपमा त्यो सपना पुरा भएरै छाड्यो जब उनी डिएनए क्लोथिङको ब्राण्ड एम्बेस्डर भए । ‘समय लाग्छ तर सपनाहरु पुरा हुन्छन्,’ शनिबार औपचारिक रुपमा अनार चामलको ब्राण्ड एम्बेस्डर भएपछि खुशीको भावमा प्रकाश भन्दै थिए, ‘विज्ञापन मेरो सपना र रुचिको विषय हो तर व्यवसायिक हिसाबले मेरो लागि बिज्ञापन बजार नयाँ हो भने विज्ञापन बजारका लागि म नयाँ हु ! ’

कपडापछि चामलको ब्राण्ड एम्बेस्डर हुनुलाई उनले मिठो संयोगका रुपमा लिएका छन् । भन्दै थिए, ‘कस्तो संयोग, एउटा खाने ब्राण्ड अर्को लाउने ब्राण्ड । यसरी उच्च कोटीको खाने र लाउने ब्राण्डको प्रमोशन गरेर पाएको धेर थोर कमाई सजिलै खान लाउन नपुग्ने नेपाली परिवारमा सेयर गर्न सकुँ ।’

प्रकाशसँगै यो ब्राण्डको एम्बेस्डरमा अभिनेत्री केकी अधिकारी पनि नियुक्त भएकी छिन् । यद्यपी उनी दुइ वर्षदेखि नै यो चामलको प्रचारमा आबद्ध थिइन् । प्रकाश यो वर्षबाट थपिएका हुन् ।

फिल्म ‘परदेशी–२’मा एकसाथ जोडीका रुपमा काम गरिरहेका प्रकाश र केकी पछिल्लो समय म्यूजिक भिडियोमा समेत जोडीका रुपमा देखापरिरहेका छन् । विज्ञापनमा भने उनीहरु पहिलोपल्ट एकसाथ देखिएका हुन् ।

कलाकारहरु ब्राण्डसँग जोडिन पाउँदा यसले आर्थिक रुपमा सहयोग पुग्ने केकीको ठम्याइ छ । मानिसको स्वास्थ्यमा हानी पुग्ने ब्राण्डसँग जोडिनु गलत हुने बताउँदै उनी भन्छिन्, ‘अझ फुडको मामिलामा त सहि निर्णय लिनैपर्छ । हाम्रो जीवनलाई कसरी अगाडी बढाउने, त्यो फुडले पनि निर्णय गर्छ ।’

त्यस्तै कार्यक्रममा अनार चामलका अध्यक्ष भरत चलाउनेले चामलहरुको बीचमा अनार फरक स्वा सहित आएको बताए । त्यस्तै यो चामललाई ५ केजी, १० केजी, २० केजी र २५ केजीको बोरामा बजारमा पाउन सकिने कम्पनिका निर्देशक निराजन चलाउनेले जानकारी दिए ।

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट