कारको ठक्करबाट अफगानी क्रिकेटरको मृत्यु-Sutra News

कारको ठक्करबाट अफगानी क्रिकेटरको मृत्यु

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- अफगानिस्तानका ब्याट्सम्यान नजीव तराकाइको सडक दुर्घटनामा परी मृत्यु भएको छ। २९ वर्षीय नजीवलाई गत साता बाटो काट्ने क्रममा कारले ठक्कर दिएको थियो।



पूर्वी नान्गाहर प्रान्तमा भएको दुर्घटनामा गम्भीर घाइते भएका नजीवको मंगलबार उपचारको क्रममा निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ। ‘आक्रामक ओपनिङ ब्याट्सम्यान तथा मिलनसार नजीव तराइकाको निधनबाट अपूरणीय क्षति भएकोमा अफगानिस्तान क्रिकेक बोर्ड स्तब्ध भएको छ’ बोर्डले सामाजिक सञ्जालमार्फत श्रद्धान्जली व्यक्त गर्दै लेखेको छ।

नजीवको निधनको खबरपछि नेपाली क्रिकेट टिमका अलराउन्डर पारस खड्काले पनि श्रद्धान्जली व्यक्त गरेका छन्। नजीवले अफगानिस्तानका लागि १२ टी–२० र एक एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका थिए। उनी ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्थे। टी–२० मा उनको उच्च स्कोर ९० हो। उनले सन् २०१७ मा आयरल्यान्डविरुद्ध ९० रन प्रहार गरेका थिए।

पहिलो श्रेणीको क्रिकेटमा उनी राम्रा ब्याट्सम्यानको रूपमा गनिन्थे। पहिलो श्रेणीको क्रिकेटमा उनको औषत ४७.२० थियो। पहिलो श्रेणीको २४ खेल खेलेका उनको उच्च स्कोर २०० रन थियो। त्यसक्रममा उनले ६ शतक हिर्काएका थिए। गत वर्ष श्पागीजा क्रिकेट लिगमा उनी सर्वाधिक रन हान्ने ब्याट्सम्यान बनेका थिए।

गतवर्ष स्पीन घर टाइगर्सबाट खेलेका उनले यो सिजन मिस अइनक नाइट्सबाट खेलिरहेका थिए। उनले पछिल्लो खेल सेप्टेम्बर ८ मा खेलेका थिए। सो खेलमा उनले ३२ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट