लुइस स्वारेजमाथि परीक्षामा चाेरीकाे आराेप-Sutra News

लुइस स्वारेजमाथि परीक्षामा चाेरीकाे आराेप

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडाैं- स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेजलाई इटालियन नागरिकताका लागि दिइएको भाषा परीक्षामा चोरी गरेको आरोप लागेको छ । उक्त आरोप लागेपछि इटालियन प्रहरीले सुवारेजमाथी छानबिन समेत सुरु गरिसकेको इटालीका मिडियाले जनाएका छन् ।३३ वर्षिय उरुग्वेली फरवार्ड बार्सिलोनाका नयाँ प्रशिक्षकको योजनामा नपरेपछी छ वर्षिय बार्सिलोना बसाइ सकाएर इटालियन क्लब जाने हल्ला थियो।



बार्सिलोना छाडेर युभेन्टस जाने प्रक्रियाका लागि स्वारेज गत साता नै इटालियन नागरिकताका लागि भाषा परीक्षा दिन सामेल भएका थिए । स्वारेजले पेरुजिया पुगेर इटालियन भाषा परीक्षा दिएका थिए । स्वारेजकी पत्नीको अघिल्लो पुस्ता इटालीकै भएको हुनाले उनले नागरिकता लिन भाषा परीक्षा मात्रै पास गरे पुग्ने अवस्था थियो ।

तर, भाषा परीक्षामा सामेल भएका उनले परीक्षा दिनुभन्दा अघि नै प्रश्नपत्र पाएको आरोप लाएको छ । भाषा परीक्षा २ घन्टासम्म हुन्छ । तर, स्वारेजले ३० मिनेटमै परीक्षा सकाएका थिए र प्रहरीले यही आधारबाट अहिले छानबिन थालेको छ ।

इटालियन पत्रिका ‘टुट्टो स्पोर्ट्स’ ले आफ्नो रिपोर्टमा लेखेको छ– ‘स्वारेज इटालियन भाषा बोल्न जान्दैनन् । उनलाई जुनसुकै वाक्य पूरा उच्चारण गर्न पनि कठिन हुन्छ । पत्रकारले सामान्य प्रश्न गर्दा पनि उनलाई जवाफ फर्काउन कठिन हुुन्छ । उनी धेरै कमाउने खेलाडी हुन् । तर, उनले इटालीको नागरिकता लिन भाषा परीक्षा पास गर्नैपर्छ ।’

अहिले स्वारेजले भाषा परीक्षा पास गरे–नगरेको नतिजा सार्वजनिक भएको छैन । तर, परीक्षामा चोरी गरेको आरोपमा प्रहरीले उनीमाथि छानबिन अघि बढाएको छ । उनी युभेन्टस जाने चर्चा रहे पनि त्यो सम्भावना सकिइसकेको छ । किनभने, युभेन्टसले आफ्नो पूर्वखेलाडी अल्भारो मोराटालाई एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरिसकेको छ । स्वारेज बार्सिलोना छाडेर अब मोराटाको स्थानमा एथ्लेटिको जाने हल्ला स्पेनिस मिडियाहरुले गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट