आइपिएलमा बेङ्गलोरको विजयी सुरुवात-Sutra News

आइपिएलमा बेङ्गलोरको विजयी सुरुवात

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं– युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग टि-२० क्रिकेटमा बेङ्गलोरले आफ्नो पहिलो खेलमा विजयी भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको रोमाञ्चक खेलमा सराइज हैदरावादलाई १० रनले हराँउदै बेङ्गलोरले महत्वपूर्ण दुई अंक जोड्न सफल भएको छ।



टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको थियो। उसका लागि देवदत्त पाडक्कलले ५६, एबी डिभिलियर्सले ५०, आरोन फिन्चले २९, कप्तान विराट कोहलीले १४ र शिवम् दुबेले ७ रन बनाए।

१ सय ६४ रनको लक्ष्य पछ्याँउदै जबाफी ब्याटिङमा उत्रेको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५३ रन मात्रै बनाउन सफल भएको थियो। उसका लागि जोनि बेयरिस्टोले ६१, मनीष पाण्डेले ३४, प्रियम कर्गले १२ रन बनाउँदा अरू ब्याट्सम्यानले भने दोहोरो अंकमा रन नै बनाउन सकेनन्।

बलिङ तर्फ हैदरावाद टिमका थांगारासु नटराज, अभिषेक शर्मा र विजय शंकरले १/१ विकेट लिए। हैदरावादका स्टार बलर राशिद खान र भुवनेश्वर कुमार भने आज विकेटविहीन बने।

आरसीबीका लागि युजवेन्द्र चहलले सर्वाधिक ३ विकेट लिँदा नवदीप सैनी, शिवम् दुवेले २/२ र डेल स्टेनले एक विकेट विकेट लिन सफल भए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट