सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि-Sutra News

सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

कर्णाली– सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो।



केही दिन यता रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको आशंकामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्। उनले आफूलाईसामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए। ‘अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘उच्च मनोबलका साथ तातो पानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु।’

अध्यक्षलाई संक्रमण देखिन वित्तिकै उनको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन्। उनीहरुको स्वाब संकलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनी आफैं क्वारेन्टिन र आइसोलेसनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

उनले आइसोलेसनका संक्रमितलाई योगा अभ्याससमेत सिकाउँथे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट