कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि-Sutra News

कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोइरालालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। सूत्रन्युजसँग उनले भने, ‘महामन्त्रीज्यूलाई कोरोना पोजेटिभ देखिएको छ। अहिले उहाँको स्वास्थ्य ठीक छ। कोरोनाको कुनै लक्षण भने देखिएको छैन।’

सोमबार एक सय ज्वरो आएपछि ह्याम्स अस्पतालमा महामन्त्री कोइरालाले स्वाब दिएका थिए। उनको सोमबार बेलुकी नै रिपोर्ट आएको थियो।

तिवारीका अनुसार कोइरालामा ज्वरोबाहेक अरू कोरोनाका लक्षण देखिएको भने छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट