भारतमा कोरोना संक्रमितको संख्या ३१ लाखभन्दा बढी-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाखभन्दा बढी

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं–भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख बढी पुगेको छ। पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो ।



संक्रमितमध्ये अहिलेसम्म २३ लाख ३६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट