काठमाडौं उपत्यकामा यस्तो देखियो निषेधाज्ञा [फोटो-भिडियो]-Sutra News

काठमाडौं उपत्यकामा यस्तो देखियो निषेधाज्ञा [फोटो-भिडियो]

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- आज रातिदेखि लागू भएको निषेधाज्ञाले काठमाडौं उपत्यका सुनसान देखिएका छन्। प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाइ गरेको छ।



कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले सरकारले निषेधाज्ञा गरेको हो। निषेधाज्ञा उल्लघंन व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुनेछैन। कुनै सवारी पाससमेत जारी गरिनेएको छैन।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन भएका छन्।

काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ। जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइनेछैन।

भिडियो हेर्नुस्:

Lockdown S2-2.jpg

Lockdown S2-3.jpg

Lockdown S2-5.jpg

Lockdown S2-4.jpg

Lockdown S2-6.jpg

Lockdown S2-1.jpg

Lockdown S2-8.jpg

Lockdown S2-9.jpg

Lockdown S2-7.jpg

Lockdown S2-10.jpg

trafic check1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट