प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’को छायांकन-Sutra News

प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’को छायांकन

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले बताएको छ ।



फिल्मको शुभसाइत समारोहमा नायक प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिति थिए । उनीहरूले क्यामेरा पूजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिन अगाडि भैसेपाटी स्थित कार्यविनायक मन्दिरमा बौद्धिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।

यो फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ । काठमाडौंमा भने फिल्मको छायांकन एक महिना गरिने निर्माण पक्षले बताएको छ ।

थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् ।

फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट